• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

उत्तरपश्चिम चीनमा भूकम्प १०० भन्दा बढीको मृत्यु

  • पिपल्स आवाज
  • २०८०-पुष-०३
  • अन्तर्राष्ट्रिय
उत्तरपश्चिम चीनमा भूकम्प                                                                                                                                                                                           १०० भन्दा बढीको मृत्यु

 

काठमाडौं , उत्तरपश्चिम चीनमा गएको भूकम्पमा  १०० जना बढीको मृत्यु भएको छ ।

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा हिजो सोमबार गएको ६।२ म्याग्निच्युडको भूकम्पमा सयभन्दा बढीको मृत्यु भएको हो। भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।


चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।