मुलुकमा २०४६ सालमा प्रजातन्त्र स्थापना पश्चात पत्रकारिताको विकास र्दुतगतिमा हुँदै आएको छ । प्रजातन्त्रको स्थापनासँगै जुन ढंगले आम पत्रकारिताको विकास भएको छ , त्यसलाई सहि रुपमा प्रयोग हुन नसकेको गुनासो बेला बेलामा आउने गरेको छ । पत्रकारतालाई कतियपले आफ्नो अभिष्ट पूरा गर्ने उदेश्य राखेर अघि बढेको अवस्था छ ।