• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

जापानमा विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी 

  • पिपल्स आवाज
  • २०८०-पुष-१७
  • अन्तर्राष्ट्रिय
जापानमा विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी 

 

काठमाडौं, १७ पुस । जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।

जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।
एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निक्लिएको देखिएको छ । एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो । – एजेन्सीको सहयोगबाट