• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

अफगानिस्तानमा ५ जनामा पोलियो फेला

  • People's Aawaj
  • २०८०-असार-०४
  • अन्तर्राष्ट्रिय
अफगानिस्तानमा ५ जनामा पोलियो फेला
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा पोलियो सङ्क्रमण पत्ता लागेपछि कुल पोलियो सङ्क्रमितको सङ्ख्या पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो सङ्क्रमणको पुष्टि गरेका हुन् ।

ूयो रोग प्रान्तका अन्य भागहरूमा फैलिने डर छ र यसलाई जाँच गर्ने प्रयास भइरहेको छ,ू अधिकारीले भनेका छन् ।

यसअघि प्रदेशका कोट, बातीकोट, नाजियन र बेहसुद जिल्लामा चार जनामा सङ्क्रमण देखिएको थियो ।

अफगानिस्तान र पाकिस्तान विश्वका यस्ता देश हुन् जहाँ जङ्गली पोलियोको सङ्क्रमण अझै पनि छ ।
प्रतिवेदनका अनुसार अफगानिस्तानमा सन् २०२२ मा पोलियोभाइरसका दुई घटना र सन् २०२१ मा चार घटनाहरू पुष्टि भएका थिए