काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार बुधबार पिंडालूको भाउ प्रतिकेजी ५० रुपैयाँले बढेको छ भने, मटरकोशा २० रुपैयाँले बढेको छ भने राजमा सिमी, लौका, गुन्द्रुक, मकै बोडीलगायतको भाउ पनि सामान्य बढेको छ ।
केही तरकारी भाउ बढेको समयमा गोलभेडाको भाउ भने घटेको छ । ठुलो गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ, सानो गोलभेडा २० रुपैयाँ ६७ पैसा, सानो गोलभेडा ९भारतीय० ३० रुपैयाँ, तराई सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, रातो आलु ४२ रुपैयाँ ६७ पैसा र लोकल गाजर ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, तराई बन्दाको भाउ घटेर प्रतिकेजी १७ रुपैयाँ ६७ पैसा, नरिवल बन्दा २२ रुपैयाँ ६७ पैसा, रातो मूला २२ रुपैयाँ ६७ पैसा, सेतो लोकल मूला २५ रुपैयाँ, तितो करेला ९० रुपैयाँ, पालूगो, चमसूर अमला र मेवाको भाउ ५५ रुपैयाँ, चुकुन्दर र बकूला ७५ रुपैयाँ, तोफाु ११५ रुपैयाँ र लोकल काक्रो १२५ रुपैयाँमा झरेको छ ।
यसैगरी, भारतीय सुकेको प्याजको भाउ बढेर प्रतिकेजी ७० रुपैयाँ, लोकल बन्दा २२ रुपैयाँ ६७ पैसा, तराई काउली २० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, मटरकोशा ९५ रुपैयाँ, घिउ सिमी ६५ रुपैयाँ, राजमा सिमी ११० रुपैयाँ, लौका ५५ रुपैयाँ, रातो बन्दा ६५ रुपैयाँ, जिरीको साग ६८ रुपैयाँ ३३ पैसा र गुन्द्रुक २९० रुपैयाँ तोकिएको छ ।