असोज ११, २०८० बिहिबार काठमाण्डौ ( ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना गरिएको हो ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित शुरु भएको मेला कात्तिक ३ गतेसम्म चल्नेछ । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो ।मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उहाँले बताउनुभयो । तीन लाख जनाभन्दा धेरैले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको छ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने मेलामा जान पैसा तिनु पर्दैन । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहेको छ ।