• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

नेको इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

  • पिपल्स आवाज
  • २०८०-मंसिर-१९
  • आर्थिक
नेको इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

 

यस वर्ष नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले २०७९र८० को वित्तीय विवरण पारित गरेको छ । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश दिएको थियो । सोमबार बजार बन्द हुँदा कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८०१ रुपैयाँ ६० पैसा छ ।