• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सुनको मूल्य वृद्धि

  • पिपल्स आवाज
  • २०८१-माघ-०२
  • आर्थिक
सुनको मूल्य वृद्धि


अहिले माघ लागे लगतै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। 
आज एक सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ। 
स्थानीय बजारमा प्रतितोला सुनमा रु चार सयले वृद्धि भएको छ। आइतबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो। आज एक तोला सुनको मूल्य रु एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु १० ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार आठ सय ३० निर्धारण भएको छ।