• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सानिमा बैंकले ल्यायो "सानिमा फाइभ इन वानु खाता"

  • आशा महर्जन
  • २०८०-श्रावण-१२
  • आर्थिक
सानिमा बैंकले ल्यायो "सानिमा फाइभ इन वानु खाता"

 

काठमाडौं, साउन १२, सानिमा बैंकले ग्राहकहरूका लागि ‘सानिमा फाइभ इन वान’ खाता सेवा सार्वजनिक गरिएको छ।

सानिमा फाइभ इन वान खाता सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा भएको बैंकको भनाइ छ। 

यस अन्तर्गत ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्वा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। 

यस सेवामार्फत् नयाँ तथा पुराना ग्राहकहरूले बैंकको वेबसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता ९नयाँ ग्राहकका लागि, डिम्याट खाता, सी आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।


सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरू र १२२ वटा एटिएम सञ्जालहरू रहेका छन्।