• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

इकोविट बिजुली स्कुटर किन्न चाहनेलाई माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदरमा ऋण दिने

  • बिमल क्षेत्री
  • २०८०-श्रावण-१५
  • आर्थिक
इकोविट बिजुली स्कुटर किन्न चाहनेलाई माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदरमा ऋण दिने


काठमाडौं । इकोविट विद्युतीय स्कुटर खरिद गर्न चाहनेलाई माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । यस सम्बन्धमा हालै इकोविट नेपाल र माछापुच्छ्रे बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार इकोविट ब्राण्डका स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको खण्डमा बढीमा पाँच दिनभित्र स्कुटर लैजान पाउनेछन् । यसअन्तर्गत छ महिनादेखि १८ महिनासम्मको सुविधा उपलब्ध हुने जानकारी दिइएको छ ।

नेपाली बजारमा इकोविटका चार मोडेलका स्कुटर उपलब्ध छन् । कम्पनीले हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफर तथा एक्स्चेन्ज सुविधा पनि सञ्चालन गरिरहेको छ ।

आरथ्री (e-Retro star)
३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचको डबल लिथियम ब्याट्री प्याक उपलब्ध छ । जसलाई एक पटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ ।


यो स्कुटरको मूल्य डबल ब्याट्रीमा तीन लाख ८० हजार रुपैयाँ राखिएको छ । मनसुन अफर अन्तर्गत छुट गर्दा यो स्कुटर तीन लाख ५९ हजार रुपैयाँमा किन्न सकिनेछ ।

आरथ्री प्रो (R3 Pro)

४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचको डबल लिथियम ब्याट्री प्याक उपलब्ध छ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यो स्कुटरको मूल्य डबल ब्याट्रीमा पाँच लाख ३० हजार तथा सिंगल ब्याट्रीमा चार लाख ३० हजार रुपैयाँ राखिएको छ । यसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः पाँच लाख नौ हजार र चार लाख नौ हजार रुपैयाँमा उपलब्ध हुनेछ । 

भ्याक्स (Vax)

३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड ब्याट्री प्याक उपलब्ध छ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यो स्कुटरको मूल्य दुई लाख एक हजार रुपैयाँ राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा एक लाख ८० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
 
ई(रेट्रो स्टार (e-Retro star)

२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचको लिथियम ब्याट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यो स्कुटरको मूल्य डबल ब्याट्री भेरियन्टको तीन लाख ३४ हजार रुपैयाँ र सिंगल ब्याट्री भेरियन्टको दुई लाख ३५ हजार रुपैयाँ राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः तीन लाख १३ हजार रुपैयाँ र दुई लाख १४ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।