• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सेयर बजारमा उच्च अंकको गिरावट

  • बिनिता डंगोल
  • २०८०-श्रावण-१४
  • आर्थिक
सेयर बजारमा उच्च अंकको गिरावट


काठमाडौं, साउन १,  मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से २६।७३ विन्दुले घटेर २१००।३४ अंकमा पुगेको छ ।

यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७।१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आज करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिएपनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।

१४ करोड ७८ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एभरेष्ट बैंक परेका छन् ।