१६ साउन, काठमाडौं । सामसङले बहुप्रतिक्षित जेड फ्लिप फाइभ फोन सार्वजनिक गरेको छ ।दक्षिण कोरियाको राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले ग्यालेक्सी जेड फाइभ फ्लिप सार्वजनिक गरेको हो ।
कम्पनीले विगत चार वर्षदेखि लगातार आफ्नो फोल्ड र फ्लिप सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । यो वर्ष पनि जेड फ्लिपको नयाँ संस्करण सार्वजनिक भएको हो ।
यसअघिको जेड फ्लिपमा बाहिरको स्क्रिन केही सानो थियो भने फ्लिप फाइभमा कम्पनीले बाहिर ३।४ इन्च स्क्रिन उपलब्ध गराएको छ । उक्त स्क्रिनबाट फोनलाई फ्लिप नगरी बाहिरबाटै क्विक सेटिङ प्रयोग गर्न सकिन्छ ।
उक्त स्क्रिनबाट सजिलै फोटो वा भिडिओ खिच्न, फोटोहरू हेर्न, वेब ब्राउज गर्न सकिने कम्पनीले बताएको छ । क्यामेराले खिच्ने फोटो उच्च गुणस्तरको हुनुका साथै भिडिओ पनि स्टेबल हुने कम्पनीको दाबी छ । यसमा हुने एआई स्टेरियो डेप्थ म्यापको सहायताले डिटेल फोटो खिच्न सकिने बताइएको छ ।
यो फोन स्न्यापड्रागन एट जेन टु प्रोसेसर प्रोसेसरद्वारा सञ्चालित छ । यो फोन गेमिङका लागि उत्कृष्ट हुने कम्पनीको दाबी छ ।
कम्पनीले यसमा डाइनामिक एमोलेड डिस्प्ले उपलब्ध गराएको छ । क्यामेराको सन्दर्भमा यसमा १२ मेगोपिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको वाइड क्यामेरा रहेका छन् । सेल्फी पारखीका लागि १० मेगापिक्सेलको क्यामेरा छ । कम्पनीले यसको सुरुवाती मूल्य ९९९ डलर करिब एक लाख ३० हजार रुपैयाँ० कायम गरेको छ ।