• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

  • पिपल्स आवाज
  • २०८०-श्रावण-१७
  • आर्थिक
नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन


काठमाडौं( चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ। एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक श्री प्रल्हाद भुताड र सि। जी। इलेक्ट्रोनिक्सका उपाध्यक्ष श्री एस। सि। साबुको उपस्थितिमा शोरुमको भव्य उद्घाटन भएको छ ।
एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट(इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हस र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । भुई तल्लाको ११०० वर्ग फिट एरियामा बनेको यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।
काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । यो सँगै काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसम अब सि। जी। इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ आ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा विस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।