• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड महिला ग्राहकलाई निःशुल्क

  • पिपल्स आवाज
  • २०८०-श्रावण-१८
  • आर्थिक
ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड महिला ग्राहकलाई निःशुल्क


काठमाडौं( ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड दिन ‘साउन स्पेसल अफर’ सार्वजनिक गरेको छ। यसमार्फत क्रेडिट कार्ड लिँदा कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ। ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। यसका ३५९ शाखा कार्यालय र ३६७ एटीएम छन्।