अब विदेश जानको लागि २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्रमार्फत् गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो। हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो।
त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले राहदानीबापत दुई सय अमेरिकी डलरसम्म साथमा लैजान पाउने व्यवस्था यथावत छ।