• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालना

  • People's Aawaj
  • २०८०-जेष्ठ-३१
  • आर्थिक
सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालना
सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छ।

आँखा शिविर कार्यक्रम पर्सास्थित डुमरिया चन्द्रपुर ९ मा सञ्चालन गरिएको थियो। शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवा लिएका बैंकले जनाएको छ।

दृष्टि आँखा अस्पताल वीरगञ्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।