शुक्ल पक्षको अन्तिम दिनके पूर्णिमालाई विशेष रुपमा लिइन्छ । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
। हिन्दु पात्रो अनुसार अगस्ट १ मास पूर्णिमा हो । अधिकार मासलाई मल मास र पुरुषोत्तम मास पनि भनिन्छ । यो महिना संसारको रक्षक भगवान श्री हरि विष्णुलाई सम
र्पित छ । यस महिनामा हरेक दिन भगवान विष्णु र धनकी देवी लक्ष्मीको भक्तिपूर्वक पूजा गरिन्छ । अधिकामास पूर्णिमाका दिन भगवान विष्णुको पूजा गर्नाले साधकलाई अपार फल प्राप्त हुने धार्मिक विश्वास छ ।
पूर्णिमामा धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्न विशेष उपाय पनि गरिन्छ। यी उपाय गर्नाले धन सम्वन्धी समस्या हट्छ । यदि तपाई पनि धनकी देवी माता लक्ष्मीलाई प्रसन्न पार्न चाहनुहुन्छ भने आदिमास पूर्णिमाका दिन यी उपाय अपनाउनाले माता लक्ष्मी प्रशन्न हुनुहुनेछन् ।
आजको दिन धनधान्यकी देवी माता लक्ष्मीलाई प्रसन्न पार्न चाहनुहुन्छ भने पूर्णिमाको तिथीमा स्नान गरी ध्यान गरी माता लक्ष्मीको पूजा गर्नुहोस् । यस समयमा माता लक्ष्मीलाई रातो कपडा चढाउनुहोस् । सौभाग्यका सामान पनि उपहार दिन सक्नुहुन्छ। यस्तो गर्नाले धनकी देवी प्रसन्न हुन्छिन् । उहाँको कृपाले साधकको आय र सौभाग्यमा अपार वृद्धि हुन्छ ।
धनकी देवी लक्ष्मीलाई रातो रंग अति प्रिय छ । त्यसैले पूर्णिमामा माता लक्ष्मीलाई रातो फूल चढाउनुपर्छ। तपाईं फूलमा रातो गुलाब चढाउन सक्नुहुन्छ। त्यस्तै पूर्णिमा तिथीमा विश्वको रक्षक भगवान विष्णुको पूजा विधिपूर्वक गर्नुहोस्। भगवान विष्णु र माता लक्ष्मीलाई केसर मिश्रित खीर पनि चढाउनुहोस् । सुख–समृद्धिका जनक भगवान् विष्णुको पूजा–आराधना गर्नाले ऐश्वर्यकी देवी लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वास छ । उहाँको कृपाले धन सम्बन्धी समस्या हट्छ । आर्थिक संकटबाट छुटकारा पाउन चाहनुहुन्छ भने पूर्णिमाको रातमा बगेको धारामा गुलाबको फूल चढाउनुपर्छ । आधिक पूर्णिमाका दिन स्नान र तपस्या गरी पानीमा रातो रङ वा रोली हालेर सूर्यदेवलाई अर्घ्य दिनुहोस् । त्यसपछि हनुमान मन्दिरमा जानुहोस् र बजरंगबलीलाई चोल र सिंदूर चढाउनुहोस् । यो उपाय गर्नाले मनोकामना काम प्राप्त हुन्छ ।