• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

फिलिपिन्सको पोस्ट‍मा नर्वेको ६ गोल

  • पिपल्स आवाज
  • २०८०-श्रावण-१४
  • खेलकुद
फिलिपिन्सको पोस्ट‍मा नर्वेको ६ गोल

 

काठमाडौं, साउन १४, फिलिपिन्सलाई ६(० गोलले पराजित गर्दै नर्वे फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ।

आइतबार भउको खेलमा नर्वेका लागि हाउगले खेलको छैटौं, १७औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। 

ग्राहम हान्सेनले ३१औं र रेइटिनले ५३ मिनेटमा नर्वेका लागि थप गोल गर्दा ४८ मिनेटमा फिलिपिन्सकी बार्करले आत्मघाती गोल गरिन्। 

जितसँगै नर्वे समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। उसले ३ खेलबाट ४ अंक जोड्यो।

नर्वेले समान ४ अंक जोडेको न्युजिल्यान्डलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।