• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सुपर-४ को अन्तिम खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै

  • पिपल्स आवाज
  • २०८०-भाद्र-२९
  • खेलकुद
सुपर-४ को अन्तिम खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै


भदौ २९, शुक्रबार । एसियाकप क्रिकेटअन्तर्गत सुपर-४ को अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल पुगिसकेको भारत र प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशबिचको खेल प्रतिष्ठाका रुपमा मात्र रहने छ।
प्रतियोगितामा आफ्नो रवाफिलो उपस्थिति देखाइरहेको भारत लगातार चौंथो जितको प्रयासमा बंगलादेशविरुद्ध मैदान उत्रिँदै छ। भारतको पहिलो खेल पाकिस्तानसँग बिना नतिजा टुंगिँदा त्यसपछि नेपाल, पाकिस्तान र श्रीलंकालाई हराएरको छ। बंगलादेश भने एसियाकपको सुपर(४ मा पहिलो जितको प्रयासमा रहेको छ।
भारत र बंगलादेशबीच अहिलेसम्म कूल ३९ एकदिवसीय खेल भएका छन्। जसमा भारतले ३१ र बंगलादेशले ७ खेलमा जित निकालेको छ। १ खेल नतिजाविहीन भएको छ।
एकदिवसीय फर्म्याटमा दुवै टिमले पछिल्लो पटक २०२२ को सेप्टेम्बरमा प्रतिस्पर्धा गरेका थिए। तीन खेलको उक्त सिरिज बंगलादेशले २(१ ले जितेको थियो।
भारत र बंगलादेशबीचको खेलमा समेत वर्षाको सम्भावना रहेको छ। कोलम्बोमा ८८ प्रतिशत बर्षाको सम्भावना रहेको श्रीलंकाको मौसम विज्ञान विभागले जनाएको छ। प्रतियोगिताको मौसम २५ देखि ३२ डिग्रिसम्म रहने छ।