• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

हामी नयाँ अध्ययनको सुरुवातमा

  • २०८०-जेष्ठ-३१
  • सम्पादकीय
मुलुकमा २०४६ सालमा प्रजातन्त्र स्थापना पश्चात पत्रकारिताको विकास र्दुतगतिमा हुँदै आएको छ । प्रजातन्त्रको स्थापनासँगै जुन ढंगले आम पत्रकारिताको विकास भएको छ , त्यसलाई सहि रुपमा प्रयोग हुन नसकेको गुनासो बेला बेलामा आउने गरेको छ । पत्रकारतालाई कतियपले आफ्नो अभिष्ट पूरा गर्ने उदेश्य राखेर अघि बढेको अवस्था छ । यि तमाम विषयका कारण जति पत्रकारिताको विकास भएको छ सो अनुसार गुणस्तरीयता कायम हुन सकेको छैन । पछिल्लो समय त झन कोरना महामारीपछि मुलुक आर्थिक मन्दिको अवस्थामा गुज्रिरहेको छ । जसको प्रत्यक्ष प्रभाव मिडिया क्षेत्रमा पनि परेको छ । धेरै पत्रकारहरु विस्थापित भएका हुन बाध्य भएका छन् । ठूला भनिएका मिडियाहरुसहरु समेत विज्ञापन अभावका कारण आफूलाई सानो आकारमा खुम्च्याउँन बाध्य भएका छन् । पत्रकारितामा लानेहरुले आफ्नो भविष्य सुनिश्चत नभएको ठानी पेशा परिवर्तन गर्ने अवस्था बनिरहेको छ । यस्ता तमाम समस्याकाबीच हामी त्यति भीडमा चूनौतीका चाड. बोकेर उभिने प्रणकासाथ यहाँहरुमा माझ आएका छौं । लामोसमय प्रिन्ट पत्रकारिताको अभ्याससँगै आम पाकहरुको रोजाई अनलाईन पत्रकारितामा हुन पुगेको छ । पाठकहरु हरेक घटनाको ताजा अपटेड लिन चाहान्छन् । यसको भरपर्दो माध्यम भनेको अनलाईन पत्रकारिता हो । तर समाचारमा नाममा र ब्रेकिड. मार्ने नाममा सहि समाचार पाउन पाठकहरुले सकिरहेको अवस्था छैन । जसका कारण अनलाईन पत्रकारितामाथि पनि अविश्वास पैदा हुँदै एको छ । हामी अनलाईन पत्रकारितालाई एक फरक ढंगले पाकहरुकाबाझ आउन प्रयास गरेका छौं । हामी ब्रेकिड. मार्ने भन्दा पनि सहि समाचार र गुणस्तरीय समाचारकासाथ पाठकहरुकाबीचमा आउने प्रयासमा छौं । हाम्रो अर्को उदेश्यभ भनेको लोकतन्त्रलाई संस्थात गर्दै यसको विकास जनस्तरसम्म पुगोस् भन्ने रहेको छ । हामीले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र बाहेक अर्को कुनै कुरा सोचेका छैनौ । हाम्रो कलम लोकतन्त्रको विकासका लागि सँधै राज्यका तहमा बसेकाहरुका लागि खबरदाली गर्नेमा नै केन्द्रित हुनेछ । हाम्रो यो प्रयासलाई यहाँहरुको साथ र सहयाग रहने विश्वासकासाथ हामीले ,पिपल्स आवाज, नामक अनलाईन सञ्चालनमा ल्याएका छौं । हाम्रो यो प्रयासलाई यहाहरुको साथ र सहयोग रहने विश्वासकासाथ सँधै यहाँहरुकै साथमा रहने प्रतिवद्धता पनि जाहेर गर्दछौं ।