साउन १९, काठमाडौं ्र नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले एक सय किलो सुन बरामदको नभई कति उम्कियो भन्ने मुख्य प्रश्न भएको बताउनु भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली शरणार्थीदेखि सक्कली सुनसम्मका घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
समितिको बैठकमा उनले बरामद भएको सुनको मात्र नभई सुन कति उम्कियो भन्ने मुख्य प्रश्न उब्जिएको बताए ।
समितिको छलफलमा सांसदहरूले ललितानिवास, नक्कली भुटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जा बोध गराएको बताएका थिए ।