• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

  • पिपल्स आवाज
  • २०८०-पुष-१०
  • राजनीति
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज


जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ ।
पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।
 
त्यसैगरी आगामी पुस २५ गतेदेखि काठमाण्डौमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
 
जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।