• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण भोलि बिहान ११ बजे

  • पिपल्स आवाज
  • २०८१-असार-३०
  • राजनीति
केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त,                                                                                                                                                                                 शपथ ग्रहण भोलि बिहान ११ बजे

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ ९२० अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेका हुन्।
 ओली यससँगै चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि ओली पहिलोपटक २०७२ साल असोज २५ गते मुलुकको प्रधानमन्त्री बनेका थिए। त्यसपछि ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए। 
गत असार १७ गते मध्यराति कांग्रेससँग गरेको समझदारी अनुसार ‘आलोपालो सरकार चलाउने’ समझदारी भएको छ। जसअनुसार सुरुको कार्यकाल ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेगरी सहमति भएको नेताहरू बताउँछन्।