३० साउन, काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किरातीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको बताएका छन् ।
आज मंगलबार एक कार्यक्रममा मन्त्री किरातीले नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताए । उनले नेपालमा पर्वतारोहणको क्षेत्रको विकासका लागि हाल भएको कानुन पुरानो भएको र समयानुकूल परिमार्जनको खाँचो रहेको औंल्याए ।
उहाँले एक सगरमाथा आरोहीले चुचुरोमा पियानो बजाउँदा दण्डित गर्न बाध्य भएको पुरानो कानुनी प्रावधानलाई स्मरण गर्दै पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर उचाइको हिमालबाट प्याराग्लाइडिङ गर्न सक्ने व्यवस्था राखेको बताए ।