• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड

  • बिनिता डंगोल
  • २०८०-श्रावण-१५
  • राजनीति
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड


 १५ साउन २, काठमाडौं । पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरूमा लागेको रोगको विषयमा भएको कुराको प्रचारप्रसार नभएको समेत बताए ।

लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए । 

प्रधानमन्त्री प्रचण्डले भने,  ुछिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं  ।ु

आगामी दिनमा पनि यी र यस्तै समस्या आउन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको उनले ध्यानाकर्षण गराए ।