• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

‘एकले अर्कोलाई दोष लगाउँदा पार्टी कमजोर हुन्छ ; प्रकाशमान सिंह

  • बिनिता डंगोल
  • २०८०-श्रावण-१४
  • समाचार
‘एकले अर्कोलाई दोष लगाउँदा पार्टी कमजोर हुन्छ ;  प्रकाशमान सिंह


काठमाडौं, साउन १४

 १४ साउन, काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई सुधार गरेर लैजान नसके पार्टीमा धेरै गाह्रो पर्ने बताएका छन्  ।  कांग्रेसमा सुधार आवश्यक रहेको र पार्टी विधानअनुसार सञ्चालन हुनुपर्ने पनि उनले बताए ।
चितवनमा पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘कांग्रेसमा सुधार आवश्यक छ। एकले अर्कोलाई दोष दिएर कोही कहीँ पुग्दैन। पार्टीकै आन्तरिक सुधार जरूरी छ।’ 

पार्टीभित्र दुःख गरेकाहरूको नेतृत्वले मूल्यांकन गर्न नसकेको उनको आरोप छ।

‘कांग्रेसमा विचारको बहस कम र गुटको स्वार्थ बढी हुने गरेको छ,’ उनले भने।

एकले अर्कोलाई आरोप लगाउँदा झन् पार्टी कमजोर हुने उनले बताए।