• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा ः मन्त्री शर्मा

  • बिनिता डंगोल
  • २०८०-श्रावण-१५
  • राजनीति
सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा ः मन्त्री शर्मा

साउन १५, काठमाडौं, सूचना प्रविधि मन्त्री रेखा शर्माले साईबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छिन्। उनले भनिन्, ‘सूचना तथा प्रविधिसँग सम्बन्धित ऐन कानूनहरु अत्यन्तै पुराना छन्। हामीसँग दूरसञ्चार सम्बन्धित ऐन,साईबर सुरक्षाासँग सम्बन्धित ऐनहरु छन्, ऐन भएता पनि धेरै नै पुराना रहेको र अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवश्यकता भएकोले बताइन् । 
काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएकी हुन्।   
मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशको लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको बताएकी छिन्।