काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिजो शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । रास्वपा सभापति रविले सभामा बोल्दै गर्दा लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।
रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए ।