• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

अर्थतन्त्रमा सुधार आउन अझै समय लाग्छः  मन्त्री महत

  • पिपल्स आवाज
  • २०८०-मंसिर-१९
  • राजनीति
अर्थतन्त्रमा सुधार आउन अझै समय लाग्छः  मन्त्री महत

 

 काठमाडौं, अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनु भएको छ ।  उहाँले ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ। समस्यामा परेका व्यवसायीको समस्या समाधान हुने र अर्थतन्त्र विस्तारै लयमा फर्किने बताउनु भएको छ । अलिे  समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्।’ अहिलेको अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको तर्क गरे। भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा  जग्गामा, शेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताउनु भएको छ । 

फरक प्रसङ्गमा अर्थमन्त्री महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको  स्पष्ट पारे। ‘अहिले त्यस्तो केही प्रक्रिया अघि बढेको छैन। हल्लामात्रै हो’, उनले भने, ‘यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझिराख्नुपर्‍यो। हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ।’