काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ ।उक्त तालिमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभयो । मन्त्री शर्माले व्यवसायिक र मर्यादित पत्रकारिताका लागि यस्ता खाले तालिम आगामी दिनमा अझ सशक्त ढङ्गबाट अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘महिलालाई एक्सपर्ट जर्नालिस्ट बनाउने कार्यमा सबै सरोकारवाला निकाय लाग्न जोड दिनुभयो । कार्यक्रममा उहाँले ‘यसलाई बढाउँदै जानुपर्छ । सरकारको समन्वय र सहयोग रहने बताउनु भयो । ३ दिनसम्म चल्ने सो तालिममा पहिलो चरणमा बाग्मती प्रदेशका २० जना पत्रकार सहभागी रहेको छन् ।