• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्स जाँदै

  • पिपल्स आवाज
  • २०८१-श्रावण-१३
  • राजनीति
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्स जाँदै
 
 
 


जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् । भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् ।
 
अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

त्यसैगरी अध्यक्ष यादव त्यहाँको राजनीतकि दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुने छन् ।

जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य रहेको  छ ।

अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।