काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।बैठकमा राष्ट्रियसभा सदस्य, पछिल्लो राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले भने बैठक बहिष्कार गर्ने भएका छन् ।
पछिल्लो केन्द्रीय समिति सदस्यमा मनोनीत नेताहरूको विषयलाई लिएर उनी असन्तुष्ट छन् । उनले पार्टी अध्यक्ष ठाकुरले पार्टीभित्र सल्लाह नै नगरी आफूअनुकूलको नेताहरू केन्द्रीय समितिमा ल्याएको आरोप लगाउँदै आएका छन् ।