१५ साउन, काठमाडौँ, मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । प्रदेश सरकार पाँचौँपटक विस्तार गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले दुईजना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नव नियुक्तमन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
कांग्रेसका समिम सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित सांसद हुन् भने सिंह समानुपातिक सांसद हुन् । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । तर, जसपाबाट मन्त्री बनेकी सुरिता साह र राज्यमन्त्री शेख अबुल कलाम अजादले भने अझै जिमेवारी पाएका छैनन् ।