• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : सभापति देउवा

  • पिपल्स आवाज
  • २०८०-पुष-०८
  • राजनीति
गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ :  सभापति देउवा


काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।  

 पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बताउनुभएको हो।  उहाँले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो।  उहाँले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताउनुभयो।  

उहाँले नेता स्व। भट्टराई कुनै पनि बद्नामले नछोएको व्यक्ति भएको बताउनुभयो।  उहाँले नेता भट्टराईको विषयमा खोजेर पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताउनु भयो। 

 

सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।