काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ ।
यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी दोहोरिनुभएको छ । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ ।
यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ । यसैगरी दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बन्नुभएको छ । यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री र कृषिमन्त्रीमा रामनाथ अधिकारी नियुक्त हुनुभएको छ
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र जनता समाजवादी पार्टी ९जसपा० का प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको छ ।
यी हुन् नवनियुक्त मन्त्रीहरू स्
१। केपी शर्मा ओली स् प्रधानमन्त्री
२। प्रकाशमान सिंह स् उपप्रधान तथा सहरी विकासमन्त्री
३। विष्णु पौडेल स् उपप्रधान तथा अर्थमन्त्री
४। पृथ्वीसुब्बा गुरुङ स् सञ्चार तथा सूचना मन्त्रालय
५। रमेश लेखक स् गृहमन्त्री
६। शरतसिंह भण्डारी स् श्रम तथा रोजगार
७। आरजु राणा देउवा स् परराष्ट्रमन्त्री
८। नवलकिशोर साह सुडी स् महिला बालबालिका
९। बलराम अधिकारी स् भूमि व्यवस्था तथा सहकारी
१०। दामोदर भण्डारी स् उद्योग वाणिज्य तथा आपूर्ति
११। देवेन्द्र दाहाल स् भौतिक पूर्वाधार तथा यातायात
१२। तेजुलाल चौधरी स् युवा तथा खेलकुदमन्त्री
१३। प्रदीप यादव स् खानेपानीमन्त्री
१४। प्रदीप पौडेल स् स्वास्थ्यमन्त्री
१५। अजय चौरसिया स् कानुन न्याय तथा संसदीय मामिला
१६। बद्री प्रसाद पाण्डे स् पर्यटनमन्त्री
१७। रामनाथ अधिकारी स् कृषिमन्त्री
१८। विद्या भट्टराई स् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९। मानवीर राई स् रक्षामन्त्री
२०। दीपक खड्का स् जलस्रोत तथा ऊर्जामन्त्री
२१। राजकुमार गुप्ता स् संघीय मामिला तथा सामान्य
२२। ऐनबहादुर शाही ठकुरी स् वन तथा वातावरणमन्त्री