• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

  • पिपल्स आवाज
  • २०८०-मंसिर-२१
  • राजनीति
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
 
 
 
 
 

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ । 
 
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
 
पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने छ ।