• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

 जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी छ ः प्रधानमन्त्री प्रचण्ड

  • पिपल्स आवाज
  • २०८०-मंसिर-१८
  • राजनीति
 जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी छ ः प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डजलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनकोप२८ मा सहभागी भएर स्वदेश फिर्ता भएका छन्  

यही मङ्सिर १४ गतेदेखि दुबई मा सुरु भएको कोप२८ मा प्रधानमन्त्री दाहाल मङ्सिर १५ १६ गतेविश्व जलवायु शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा सहभागी भएका थिए साथै मङ्सिर १६ गते शनिवार उक्त सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए  

नेपालमा प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी लगायत युएईको राजदूतावासका उच्च अधिकारीको समेत उपस्थिति थियो।

प्रधानमन्त्री दाहाल युएईको ५२औँ एकता दिवसका अवसरमा युएईले आयोजना गरेको समारोहका साथैजायेद सस्टेनेबिलिटी प्राइज अवार्डसमारोहमा समेत सहभागी भएका थिए ।प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी बन्न दुबई मा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गरेका थिए प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपतिलगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको स्रोतले जानकारी दिएको  

युएईमा रहँदा प्रधानमन्त्रीले अवुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गरेका थिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्नाएजेन्डाप्रभावकारी वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताए जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिएको प्रधानमन्त्रीले बताए  

जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम्  प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका मुद्दालाई यस पटक नेपालका तर्फबाट सघन रूपमा प्रस्तुत गरिएको बताए महासचिव गुटेरेसको नेपाल भ्रमणपछि जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी बनेको उनले बताए