पर्यटकीय राजधानीपोखराको फेवातालमा पोखरामा दोस्रो नेपाल–चीनफ्रन्डसीपड्रागनवोट रेस फेस्टिभल शुरु भएको छ ।
नेपालको पर्यटनप्रर्वद्धनगर्ने उद्देश्यकासाथगण्डकीप्रदेश सरकार, पोखरा महानगरपालिका , नेपालस्थितचिनियाँदूतावास र नेपालपर्यटनबोर्डको संयुक्तआयोजनातथा नेपालड्रागनवोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिजचाइनिजएशोसिएशनको सहआयोजनामा फेस्टिभल शुरु भएको छ ।
गतवर्ष असार ८ र ९ गते (२३–२४ जुन २०२३) मा यो कार्यक्रमआयोजनागरिएकोमा यो वर्ष अंग्रजीनयाँवर्ष २०२५ को पूर्व सन्ध्यामा ( २०८१ पुस १४ र १५ गते (२९–३० डिसेम्बर २०२४) मा यो कार्यक्रमआयोजनागरिएको हो ।
फेष्टिभलउद्घाटनगर्दैयुवातथा खेलकुदमन्त्री तेजुलालचौधरीले खेलकुदकामाध्यमबाट समृद्ध मुलुक र सशक्त समाजनिर्माणमा योगदानपुग्ने बताउनु भयो । उहाँले खेलकामाध्यमबाटविभिन्न देश र समुदायकाबीचमाएकता र सद्भावकायमगर्न सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
नेपालकालागिचिनियाँ राजदूतछन सोङले सुन्दर पोखराको फेवातालमाआयोजितड्रागनबोट रेस फेष्टिभलदुई देशको सम्बन्धलाई प्रगाढबनाउनमहत्वपूर्ण बन्ने विश्वास व्यक्तगर्नु भयो । चिनियाँनगारिककालागिपोखरा प्रमुखगन्तव्यका रूपमा रहेको उल्लेख गर्दै राजदूतसोङलेमहोत्सवले पोखरालाई चिन्न र बुझ्नअझै सहयोग पुग्ने बताउनु भयो ।
पोखरा महानगरपालिकाकाप्रमुखधनराजआचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्नपोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथयहाँको पर्यटकीयविकासमाविविधगतिविधि सञ्चालनगर्न थालिएको जानकारी दिनुभयो ।
सन् २०२५ लाई पोखरा भ्रमणवर्षका रूपमामनाइने बताउँदै नगरप्रमुखआचार्यले चीनकाविभिन्न सहरबाटपोखरामासिधाउडान सञ्चालनकालागिचिनियाँ सरकारलाई आग्रहसमेत गर्नुभयो ।
गण्डकीप्रदेशका समाजिकविकास युवातथा खेलकुदमन्त्रीविन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावनाबोकेको ठाउँ रहेको उल्लेख गर्दै यो प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमाविकास गर्न पनिथप टेवापुग्ने बताउनु भयो ।
दुई दिने फेस्टिभलमानेपालका ११,चीनका८ र सिङ्गापुरको एक गरी २० टीमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिताकालागिचीनको छेन्दुबाटविमानचार्टर गरी एक सय २९ जना खेलाडीयही पुस ११ गते पोखरा आएकाथिए । प्रतियोगितामाप्रतियोगितामापाँच सय सय र दुई सय मिटर दौडकाविजेताटोलीलाई पाँचहजार अमेरिकीडलर, उपविजेतालाई दुई हजार डलर र तृतीयहुने टोलीलाई एक हजार दुई सय अमेरिकीडलर पुरस्कार प्रदानगरिने छ ।