• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर

  • पिपल्स आवाज
  • २०८०-मंसिर-२८
  • राजनीति
पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर
 
 
 


जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नविकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथासिघ्र सदस्यहरुको अभिलेख पठाउन भनेको हो ।

साथै बाँकी रहेका पार्टी समिति र भ्रातृ संगठनलाई पार्टी विधान अनुरुप हुने गरी गठन, पुनर्गठन गर्न भनेको छ । पुनर्गठनका लागि पुस मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ ।