• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा

  • पिपल्स आवाज
  • २०८०-पुष-०५
  • राजनीति
प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा
 
 
 
 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संगठन प्रेस मञ्च, नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मधेस प्रदेशको जनकपुरमा संगठनको प्रदेश समितिले तीनदिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
 
मंगलबारदेखि जारी कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजनीतिक समिति सदस्य अर्जुन थापाले प्रशिक्षण दिइरहेका छन् । पार्टी अध्यक्ष यादवले संघीयता, समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।
 
नेता अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिए ।
 
प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारसहित करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ । 
 
प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब  १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ ।