अहिलेको व्यस्त जीवनमा मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन्, जति हाइ ब्लड प्रेशरलाई लिने गर्छन् । यद्यपी लो ब्लड प्रेशरलाई पनि नजरअनदाज गर्नु खतरा साबित हुनसक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोजिहाल्नुपर्छ ।
के हो ब्लड प्रेसर
सामन्य रक्तचाप १२०र८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०र६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ । प्रेग्नेन्सी( प्रेग्नेन्सीको क्रममा कति महिलाको सर्कुलेटरी सिस्टम तिब्र रुपले बढ्छ, जसले ब्लड प्रेसर लो हुन्छ । तर, प्रग्नेन्सीको बेला यो सामन्य हो । बच्चा जन्मिएपछि रक्तचाप सामन्य अवस्थामा आउँछ । यदि कुनै महिलाको रक्तचाप नियमित न्युन भयो भने चाँहि परीक्षण गराउनु पर्छ ।मुटुको समस्या( मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ ।इन्डोक्राइन समस्या( थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।
डिहाइड्रेसन( शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ ।रक्तश्राव( चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ ।
पोषणको कमी( शरीरमा भिटामिन बि(१२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।औषधी( उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ ।
यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।
लक्षण
– थकान लाग्छ
– कमजोरी महसुष हुन्छ
– चक्कर आउँछ
– दृष्टि धमिलो हुन्छ
– छालामा पहेंलोपन देखिन्छ
– शरीर चिसो हुन्छ
– धेरै तिर्खा लाग्छ
– छिटो छिटो सास बढ्छ
सावधानी अपनाउ
यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ ।
– यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ ।
– गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ ।
– मनोभ्रम, ब्रेन डिसअर्डर, मृगौला रोग आदि लाग्न सक्छ ।
– चक्कर आएर जहाँपनि ढल्न सक्छ
– रक्त संक्रमणको संभावना हुन्छ ।
– अक्सर चिकित्सकले नुन कम खाने सल्लाह दिन्छन् । तर, न्युन रक्तचापमा सोडियमको मात्रा केहि धेरै हुनुपर्छ ।
– यदि नुन सेवन मन पर्दैन भने सोया सस सेवन गर्न सकिन्छ ।
– भरपुर पानी पिउनुपर्छ ।
– जब कसैलाई अचानक रक्तचाप न्युन हुन्छ, प्राथमिक उपचार थालिहाल्नुपर्छ । पींठको बलले बस्न लगाएर खुट्टाको तल सिरानी राख्नुपर्छ । यसले मस्तिष्कमा रक्तप्रवाह बढाइदिन्छ ।
– मदिराजन्य पदार्थबाट टाढै रहनुपर्छ ।
– धेरै समयसम्म उभिएर नबसौ ।
– धेरै लामो समय बसेर अचानक उठ्नु पनि हुँदैन ।
– कसरत, योगा, स्विमिङ, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।
– खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ जस्तो कि आलु, चाम, ब्रेड, पास्ताको मात्रा कम गर्ने ।
बच्नेको लागि के गर्ने ?
– धेरै भन्दा धेरै पानी पिउने, यसले डिहाइड्रेसन हुँदैन ।
– धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ ।
– पर्याप्त निन्दा लिनुपर्छ ।
– नियमित र थोरै समयको अन्तरालमा थोरै थोरै खाना खाने ।
– यदि डिप्रेसनको औषधी सेवन गरिरहेका छ भने उठ्नसाथ चक्कर आउनसक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
– शारीरिक काम गरेर धेरै पसिना आएको छ भने कागती पानी सेवन गर्नुपर्छ ।
– चिन्ताबाट टाढै रहनुपर्छ ।
(१०(१५ वटा किसमिसलाई रातभर पानीमा भिजाउने, बिहान एक एक किसमिश चपाएर खाने र पानी पिउने ।
१. ७ वटा बदाम रातभर भिजाउने । त्यसलाई पिसेर दुधसँग सेवन गर्ने ।
२. १० वटा तुलसीको पात पिसेर रस निकाल्ने । त्यसमा १ चिया चम्चा मह मिलाएर बिहान खाली पेटमा पिउने ।
३. हरेक दिन ब्ल्याक टि पिउने यसले रक्तचाप बढाउन सहयोग गर्छ ।
४. नुन र शख्खरको घोलले पनि लाभ गर्छ ।
५. रक्तअल्पता र कमजोरी । मिर्गौला खराब भएसँगै रगमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ ।
६. छालाको समस्या । मिर्गौलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ ।
७. मुखबाट गन्ध आउने । मिर्गौलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ ।
८. रक्तचाप बढ्नु । मिर्गौला खराब भएसँगै रगतमा पानी तथा नुनको मात्रा बढ्दछ, जसका कारण रक्तचाप बढ्दछ ।
९. वाकवाकी लाग्नु । मिर्गौलाको खराबीका कारण शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नपाउँदा जुनसुकै बेला रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।
१०. जोर्नी दुख्ने । यो मृगौला रोगको आम लक्षण हो । मृगौला खराब भएसँगै जिउका धेरैजसो जोर्नी दुख्ने समस्या पैदा हुन्छ । एजेन्सी्सी