• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

खाना अपच भएमा पचाउने घरेलु उपाय

  • पिपल्स आवाज
  • २०८१-असार-२५
  • समाचार
खाना अपच भएमा पचाउने घरेलु उपाय


२०८१, असार २५
अहिलेको मौसममा हामीले जे खानेकुरा खाए पनि नमिठो लाग्ने  र खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने  घरमै विभिन्न उपायहरुहरु अपनाएर  स्वस्थ रहन सकिन्छ । 
हामीले दैनिक रुपमा भान्छामा प्रयोग गर्ने सामाग्रीबाट नै घरेलु उपाय अपनाउन सकिन्छ । 
केही उपायहरु ः
–    धेरै अपच भएमा मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।
–    अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
–    पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
–    खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।
–    पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

–    पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।
( अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
–    बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि  हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

–  आफ्नो स्वास्थ्य स्थिती हेरी घ्यूकुमारीको जुस खाने गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ ।