साउन १५, २०८०, अण्डालाई अहिले सबैको लोकप्रिय र चाडो तयार हुने परिकारको रुपमा लिइन्छ । अण्डालाई सुपरफूड भनिन्छ किनभने अण्डामा पाइने विभिन्न किसिमका पोषक तत्वले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ । बालक देखि बृद्धसम्म मनपराउने छिट्टो तयार हुने भएकाले प्रायः मानिसलाई अण्डा ब्रेकफास्टमा ब्रेडसंग खान मन पर्छ । जिममा घण्टौं पसिना बगाएपछि अण्डाको सेतो भाग खानु राम्रो हुन्छ ।
त्यसो त हरेक उमेरका मानिसका लागि अण्डा खानु फाइदाजनक हुन्छ, तर एउटा त्यस्तो विशेष उमेरका लागि अण्डा खानु अत्यावश्यक रहेको छ । त्यो उमेरका मानिसले अण्डा खाँदा शरीरमा पर्याप्त शक्ति प्राप्त हुन्छ ।
त्यस्ता मानिस जसको उमेर ४० वर्षभन्दा बढी रहेको छ । मानिसको उमेर जसै बढ्दै जान्छ, उनीहरुको हड्डि कमजोर हुन थाल्छ र मांशपेशिमा पीडा हुन थाल्छ । यस्तो अवस्थामा अण्डा सेवन गर्नु आवश्यक हुन्छ । अण्डा सेवनले प्रोटीनको आवश्यकता पुरा हुनुको साथै शरीरमा भिटामिन र क्याल्शियम प्राप्त हुन्छ ।
यदि उसिनेको अण्डा खाने हो भने शरीरमा ६।३ ग्राम प्रोटीन, ७२ क्यालोरी, २०६ मिलीग्राम कोलेस्ट्रोल, ०।५ ग्राम कार्ब्स, ५ ग्राम फ्याट, प्राप्त गर्न सकिन्छ ।
यसका साथै भिटामिन ए, भिटामिन बी २, भिटामिन बी ५, फस्फोरस र सेलेनियम पनि प्राप्त हुन्छ । यी कुराले गर्दा अण्डा सेवन अत्यावश्यक रहेको छ ।
४० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई प्रोटीन, भिटामिन र क्याल्शियम प्राप्त भयो भने यसले उनीहरुको शरीरलाई पर्याप्त शक्ति प्राप्त हुन्छ र कमजोरी रहँदैन । त्यसैले ४० वर्षको उमेरपछि अण्डा नियमित रुपले खानामा समावेश गर्नु पर्छ ।
विशेषज्ञका अनुसार ४० वर्षभन्दा बढी उमेरका मानिसले हप्तामा कम्तिमा पनि सात वटा अण्डा खानु आवश्यक छ । यो हिसाबले दिनहु अण्डा सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । अण्डालाई उसिनेर खानु नै सबैभन्दा स्वास्थ्यकर हुन्छ ।
हुन त अण्डा दैनिक रुपमा प्रयोग गरेका हुन्छौं । अण्डालाई तारेर भन्दा पनि उसिनेर खाँदा अझ बढी फाइदा हुन्छ ।