‘रोर्वट एडवार्डले ३९ वर्षअघि ‘आइभीएफ’ ९इन–भिट्रो फर्टिलाइजेसन० प्रविधि आविष्कार गरे। त्यसको एक वर्षपछि बेलायतमा लेस्ली ब्राउन नामक संसारकै पहिलो ‘टेस्टट्यूव बेबी’ को जन्म भयो। एडवार्डले ‘आइभीएफ’ प्रविधि आविष्कार गरेको २० वर्षपछि सन् २०१० मा साइकोलोजी र औषधि विषयमा नोबेल पुरस्कार पाए। संयोग के रह्यो भने उनले आइभीएफ प्रविधी आविष्कार गर्न पनि २० वर्ष नै लगाएका थिए।
नेपालमा टेस्ट्यूव बेबी भने सन् २००६ मा जन्मियो। राजेन्द्र तामाङ र सन्ध्या तामाङका छोरा अनमोलमणि नेपालको पहिलो टेस्ट्यूव बेबी हुन्। अनमोलमणि जन्मेको भोलिपल्ट डा।सुशील कोइराला र कुमुदिनी कोइरालाबाट युगोत्तम र युगेश्वर नामक जुम्ल्याहा टेस्टट्यूव बेबी जन्मिएका थिए। यी दुवै टेस्टट्युव बेबीहरु ओम अस्पतालमै जन्मिएका थिए।
आइभीएफ’ प्रविधिबाट कृत्रिम रुपमा जन्मेका बच्चाहरु नै टेस्ट्युव बेबी हुन्। प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने बाध्यता भएकाहरुको लागि ‘आइभीएफ’ प्रविधीले सहयोग गर्छ।
कतिपय महिलाहरुको अण्डासयमा अण्डा बन्दैन्। बनेका स—साना डिम्ब नबड्ने भएकाले गर्भधारण हुन सक्दैन। पाठेघरको नली पूरा बन्द हुँदा पनि सन्तान जन्मिँदैन। सन्तान जन्माउन नसक्ने महिलाहरुको पाठेघरमा पानी जम्न सक्छ। पाठेघरको झिल्ली पातलो हुन सक्छ। हर्मोनमा गडबडी र पाठेघरको गर्भाशयको मुख ज्यादै सानो हुन्छ। यस्तो अवस्था भएका महिलाहरुको सन्तान जन्माउन उत्तम विकल्प आइभीएफ प्रविधि हो।
सन्तान जन्माउन नसक्ने महिला मात्र हैन पुरुषको लागि पनि आइभीएफ अन्तिम विकल्प हो। २३ देखि ४० वर्षको उमेरभित्र आइभीएफ प्रविधिले राम्रो रिजल्ट दिने उनी बताउँछिन्।
‘पुरुषको शुक्रकिट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भ्रुण तयार गरिन्छ। यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज ९सानो पाइप०को सहायताले स्त्रीको गर्भाशयमा प्रतिस्थापित गरिन्छ। त्यसपछि साधारण अवस्थामा जस्तै विकसित भइ शिशुको रुप धारण गर्दछ।’
‘टेस्टट्युव बेबीको लागि महिलाको सम्पूर्ण शरीर जाँच गरिन्छ। पुरुषको खराबीले बच्चा नभएको हो भने ‘इक्सी’ गरिन्छ। महिलाहरुको ‘स्टिमुलेसन’ गरिन्छ। सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरु दिइन्छ,’ उनी भन्छिन्, ‘हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउण्ड गर्नुपर्छ। महिनावरी भएको २ दिन त्यसपछि छैठौँ र सातौ दिन पुनः जाच गरिन्छ। जाचपछि हर्मोन बढाउने र घटाउने काम गरिन्छ।’
‘अण्डा बनिसकेपछि एचसिजी भन्ने इन्जेक्सन दिनुपर्छ। इन्जेक्सन दिएको ४० घण्टापछि महिलालाई बेहोस पारी अण्डा निकालिन्छ। यसको लागि कुनै शल्यक्रिया जरुरी हुन्न,’ त्यस्तै, ‘महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई निकालिसकेपछि प्रयोगशालामा एउटा प्लेटमा राखी इन्क्युवेटरमा राखिन्छ। जहाँ निशेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ। यसरी बनेको भ्रुणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ।’
अण्डा निकाल्दा महिलालाई बेहोस बनाए पनि भ्रुण प्रतिस्थापन गर्दा भने बेहोस बनाउनुपर्दैन। भ्रुण प्रतिस्थापन गर्ने बित्तिकै गर्भ रहेको थाहा हुन्न,’ उनी भन्छिन्, ‘भ्रुण प्रतिस्थापन गरिसकेपछि महिलालाई २ घण्टासम्म बेडमा आराम गर्न लगाइन्छ। बच्चालाई सर्पोट गर्नका लागि हर्मोन इन्जेक्सन दिइन्छ। गर्भाशयमा भ्रुण प्रतिस्थापन गरेको २ हप्तापछि पिसाब र बेटा–एचसिजी परीक्षण गरी गर्भ भए–नभएको जाँच गरिन्छ। त्यसको ४८ घण्टापछि पुनः जाँच गरी निश्चित गरिन्छ।’
भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशुसरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन्छ।
तर, सबै भाग्यमानी भने हुँदैनन्। गर्भ रहेपनि खेर जानसक्ने, कम तौलको बच्चा जन्मने, अवधिभन्दा पहिल्यै जन्म हुने र महिलाहरुमा पनि संक्रमणको समस्या देखिन सक्छ ।
‘नेपालमा २५ देखि ३० प्रतिशतसम्म मात्र आइभीएफ सफल भएको छ,’ उनी भन्छिन्, ‘स्वास्थ्य सेवा राम्रो भएको देशमा ३५ देखि ५० प्रतिशतसम्म सफल हुने देखिएको छ।’
‘गर्भ रहेपछि नियमित परीक्षण गर्नुपर्छ। बीचमा कुनै समस्या देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ। यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहारसुसारको आवश्यक पर्छ । ‘आइभिएफका अधिकांश अवस्थामा शल्यक्रियाको जरुरी पर्नसक्छ। अण्डा राम्रो बन्न सकेन भने आइभीएफ असफल बन्न सक्छ। फर्टिलाइजेशन र इम्प्लान्टेशन राम्रो भएन भनेपनि शल्यक्रिया गर्ने अवस्था आउँछ।’
टेस्टट्युव बेबी जन्माउन खर्च धेरै लाग्छ। सरकारी अस्पताल थापाथलीमै १ लाख ६० हजार शुल्क बुझाउनुपर्छ। अन्य औषधिहरु जोड्दा २ लाख ५० हजारसम्म पुग्छ। निजी अस्पताल ६ लाखसम्म लाग्छ। त्यहाँ पनि सफल हुने २५ देखि ३० प्रतिशत मात्रै हो।’