पछिल्लो समय धेरै मानिसलाई हातखुट्टा झम्झाउने, निदाउने, पोलेको जस्तो अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। यस्तो समस्या विशेष गरेर हाम्रो शरीरको नशा या मसिना नशाको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखा पर्ने चिकित्सक बताउँछन्। नशा हाम्रो यौटा स्नायु तन्त्र हो। कुनै पनि ठाउँमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे बसेको पोजिसन परिवर्तन गर्ने वा एकछिन उभिने वा हिँड्ने गर्नु पर्दछ। नशामा के कस्ता अन्य समस्या आउँछन् ।
अहिलेको व्यस्त जीवनमा पछिल्लो समय नशा च्यापिनु र हातखुट्टा झमझमाउनु, पोल्नु, निदाउनु अनुभूतिसँग जोडिएको कुरा हो। बाहिरबाट केही नदेखिने तर भित्री रूपमा यो समस्या धेरै मानिसमा हुन्छ। यो प्राय नशाको कारणले हुन्छ। सामान्यतया इन्डोक्राइनल ९हर्मोनको गढबढीं, हाइपरथाइराडिज्मका कारण यस्तो हुने गर्छ।
मानव शरीरको मेरुदण्डमा अनेकौँ हड्डीहरू हुन्छन्। ती प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ। उक्त डिस्क एक प्रकारको तरल नौनी घिउ जस्तै हुन्छ। कसैलाई दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुई वटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ। जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको भन्ने गर्छौँ। जन्मिने बेला कहिलेकाहीँ बच्चा उल्टो भयो वा बच्चा अड्कियो भने त्यसलाई तानेर निकाल्दा नशा तन्किने, चुँडिने हुनसक्छ। धेरै रक्सी खाने, पेट्रोलियम पदार्थमा काम गर्ने व्यक्तिमा पनि यो समस्या हुन्छ। हाम्रो शरीरमा भएका रोग जस्तै सुगर, थाइराइड ,मोटोपना, प्रेगेनेन्ट, बाथ छ भने नशा खराब हुन्छ। चोटपटक लागेर, तन्केर, पोलेर नशा खराब भएको हो भने शरीरमा अन्य रोग लागेको पनि हुन सक्छ ।
विशेष गरी नशामा दुई प्रकारको समस्या आउँछ। नशामा देखिने समस्या मध्ये एक मोनोन्युरोप्याथी हो। यसमा हातको नाडीमा समस्या हुने, खुट्टाको गोलीगाँठामा समस्या हुने हुन्छ। कसैको हातको कान्छी औँलाको भागमा पोल्ने, झमझमाउने र दुख्ने हुन्छ। यस्तै अर्को, पोलिन्युरोप्याथीमा एकै पटक दुई वटै खुट्टा पैतालाबाट पोल्न सुरु भएर गोडादेखि हातसम्म पुग्छ। सुगरको समस्या छ भने यो समस्या बढ्दै गएपछि पुरै शरीरमा फैलिनसक्छ। धेरै जसो मानिसहरुको अहिले हात खुट्टा झमझमाएको, पोलेको धेरै नै पाइएको छ । यो समस्या कहिलेकाही मात्र देखिनु सामान्य हो। यो सबैलाई हुनसक्छ। तर बारम्बार भइरहने, शरीर कमजोर भएको महसुस हुने, हातखुट्टा सुन्निने र दैनिक जीवनमै प्रभाव पारेको जस्तो भयो भने सामान्य रुपमा नलिइ हामी उपचारतर्फ जानु पर्छ किनकी यो अन्य रोगको लक्षण पनि हुनसक्छ। उपचारको लागि पहिला त के भएको हो आफूलाई भनेर रोग पत्ता लगाउनु पर्छ। जस्तो शरीरमा भिटामिन बी १, बी ६ र १२ को कमीले पनि नशाको समस्या हुनेगर्छ। कारण पत्ता लगाएर उपचार गरियो भने समस्या निर्मूल पार्न सकिन्छ। यो समस्याको समयमै कारण पत्ता लगाएर छिटो उपचार गरियो भने ठिक हुन्छ। सुगर, प्रेसर, थाइराइड हो या धेरै मदिरा सेवन गरेर यस्तो समस्या देखिएको हो भने पत्ता लगाएर उपचार गरियो भने पनि निको पार्न सकिन्छ। घरमा आफै ठिक हुन्छ भनेर बस्नु हुँदैन, समयमा चिकित्सकको सल्लाह लिनुपर्छ। हातखुट्टा पोल्ने, झमझम गर्ने भएको छ भने नशा खराब भएको छ छैन भनेर परीक्षण गरिन्छ।
सामान्यतया हातखुट्टा झम्झमाउने इन्डोक्राइनल (हर्मोनको गढबढी), हाइपरथाइराडिज्मको कारण हुने गर्छ। यसका साथै शरीरमा भिटामिनको कमीका कारण पनि हातखुट्टा झमझमाउने हुनसक्छ। शरीरमा रक्तसञ्चार सामान्य नहुँदा पनि हातखुट्टा झमझमाउन सक्छ। थाइराइड, हातखुट्टामा झुकेर काम गर्दा नसा च्यापिनु, मिर्गौला, मधुमेहका बिरामीमा पनि लक्षणको रूपमा हातखुट्टा झमझमाउन सक्छ। पैताला पोल्नु, झमझम गर्नु, निदाउनु नशाको कारणले हुनेगर्छ। नशाको सिस्टममा केन्द्रीय स्नायुतन्त्र अन्तर्गत सबै भन्दामाथि मस्तिष्कसँगै मेरुदण्ड जोडिएको छ। मेरुदण्डबाट निस्किएको स्नायु हाम्रो शरीर भरिनै फैलिएको हुन्छ। स्नायुको काम भनेको छालाबाट भित्री अंगबाट अनुभूतिलाई मस्तिष्कसम्म पु¥याउनु हो। अनुभूति दिने नशामा समस्या आयो भने विभिन्न प्रकारका लक्षण देखिने गर्छन्। शक्ति दिने नशामा समस्या भयो भने झमझम गर्ने, दुख्ने, पोल्ने समस्या हुन्छ।
नशामा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने रु
यसका लागि मदिरा सेवन नगर्ने, मोटोपना हुन नदिने, ब्यालेन्स डाइटमा ध्यान दिने गर्नुपर्छ। समय समयमा सुगर, प्रेसर, थाइराइडको जाँच गर्ने गरियो भने समस्याबाट बच्न सकिन्छ।
आफ्नो दैनिक खानपान परिवर्तन गरी दैनिक व्यायाम गरी प्रशस्त पानी पिउने गर्नु पर्दछ । धेरै सोचेर मानसिक रुपमा चिन्नित भएर बस्नु भन्दा सकारात्मक सोच बनाइ आफ्नो जीवनशैलीलाई परिवर्तन गरिएको खण्डमा यस समस्याबाट बच्न सकिन्छ ।