• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ नाघ्यो

  • आशा महर्जन
  • २०८०-श्रावण-१५
  • स्वस्थ्य
डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ नाघ्यो


१५  साउन, काठमाडौं । डेङ्गु  अहिले प्रकोपका रुपमा फैलिएको  कारण डेङ्गुको कारण धेरैको मृत्यु पनि भएको छ । अहिले डेङ्गु नेपालको धेरैजसो ठाउँमा फैलिएको छ । धरानमा यसवर्षमा २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ भने ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जनस्वास्थ्य अधिकृतले जानकारी दिइएको छ । अहिले डेङ्गु संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक  पनि सञ्चालन गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिइएको छ ।  धरानमा २४० वटै टोल विकास संस्थालाई  डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।  त्यस्तै अहिले काठमाडौंमा पनि डेङ्गुको प्रकोप फैलिन नदिन महानगरपालिका लगायत विभिन्न निकायबाट सर्तकता अपनइएको छ । अहिलेको मौसममा पानी जम्न नदिने, फोहर जम्मा गरी नराख्ने, सुत्दा झुल राखेर सुत्ने सावधानी अपनाउन जरुरी छ । 

सबैभन्दा बढी बागमती प्रदेशमा २९१, सुदूरपश्चिम प्रदेश १७३, गण्डकी प्रदेशमा १७१, कोही प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, कर्णाली १६ र मधेश प्रदेशमा १४ रहेका छन् । 

हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो । यो सँगै ७० जिल्लामा पाँच  हजार ६८८ जनामा डेंगु पुष्टि भएको छ । डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा तीन हजार ८२१ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५ लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २६ र मधेश प्रदेशमा २७ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै चार हजार ९३९ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी जिल्लामा सबै भन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा तीन हजार ४४८, धादिङमा ६५५, कास्कीमा २०८, दार्चुला १९१, काठमाडौँमा ९६, म्याग्दीमा ५८, मोरङमा ५७, कञ्चनपुरमा ५७, झापामा ५६ जनामा डेंगु पुष्टि भएको छ । 

चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डा.मरासिनीका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउने रहेको छ । 

चिकित्सकका अनुसार डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने रहेको छ । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने हुँदा बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो सयमा थप सचेत रहन चिकित्सकको सुझाव छ।